सुनको मूल्य प्रतितोला ६ सय बढेर १ लाख १६ हजार ९ सयमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement