इन्डियन चेम्बर अफ कर्मशले दिएको अवार्डहरुले हाम्रो जिम्मेवारी झन थप्पिएको छः सीईओ शाह

Advertisement

काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सले यही मंसिर ७ गते इन्डियन चेम्बर अफ कर्मशद्धारा आयोजित चौंथो ‘इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ’ (आईएससी)मा विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीको रुपमा आफूले पाएको सम्मान पैसाले किनेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएको छ । 

इण्डियाको मुम्बईमा आयोजित कार्यक्रममा हिमालयन एभरेष्टले ‘वेस्ट माइक्रो इन्स्योरेन्स र मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी गरी दुई विधामा अवार्ड (पुरस्कार) प्राप्त गरेको थियो । सो पुरस्कारबारे जानकारी दिई आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ विजयबहादुर शाहले पैसा दिएर पुरस्कार प्राप्त गरेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् । 

Advertisement

तीन दशक लामो इतिहास बोकेको हिमालयन एभरेष्टले पाएको यो सम्मानले आफूहरुको जिम्मेवारी झनै थप्पिएको र आगामी दिनमा बीमितको सेवामा थप समर्पित हुने बताए । सीईओ शाहले भने, ‘ग्राहक, सरोकारवाला र शुभचिन्तकहरुको प्रतिबिम्बस्वरुप हामीले यो पुरस्कार पाएका हौं । दुई सय वर्ष पूरानो इतिहास बोकेको भारतीय चेम्बरले हामीलाई पुरस्कार दिएसँगै आगामी दिनमा बीमाको पहुँच बिस्तार र प्रविधिमैत्री सेवामा थप उत्तरदायी हुनुपर्ने जिम्मेवारी पनि थप्पिएको छ ।’ 

विगतको तुलनामा प्रविधिमैत्री सेवासँग ग्राहकहरुलाई जोडने आफूहरुले प्रयास गर्दै आएको भन्दै उनले भोलिका दिनमा अझै राम्रो गर्दै जाने बताए । 

Advertisement

Advertisement