परिवार सुरक्षा बचत खाता खोल्ने ४५ सय ग्राहकलाई  बीमावापत ८ करोड भुक्तानी

Advertisement

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ । 

कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ । 

Advertisement

बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६% दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११% र १०% तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४% रकम  भुक्तानी गरेको छ । 

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरु माझ लोकप्रिय रहेको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।  

बैंकले  आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
 

Advertisement

Advertisement