आफ्नै गृहजिल्लामा नेता योगेश भट्टराई चढेको गाडीमाथि स्थानीयद्धारा ढुंगा प्रहार

Advertisement

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमाथि आफ्नै गृहजिल्ला ताप्लेजुङमा ढुंगा प्रहार भएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा तोक्मेडाँडा बसपार्क नजिकै उनी चढेको गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार गर्ने पहिचान पक्षधर रहेको जनाइएको छ । आज आइतबार ताप्लेजुङमा एमालेको कार्यक्रम भाग लिन भट्टराई गएका थिए । 

Advertisement

उनको प्रदेश २–०१००१ च ४० नम्बरको गाडीको अगाडिको शिशा फुटेको ताप्लेजुङ प्रहरीले जनाएको छ । भट्टराईले पहिचान पक्षधर स्थानीय वासिन्दाले अवरोधसमेत गरेका थिए । उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिए पनि अवरोध र ढुंगा प्रहार भएको हो । 

प्रदेश १ को नाम कोशी नामाकरणविरुद्ध पहिचान पक्षधरले लामो समयदेखि विरोध जनाउँदै आएको छन् । उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि यसअघि अवरोध गर्नुका साथै ढुंगा प्रहार गरेका थिए । 

Advertisement

Advertisement