नेप्से १९ सय अंकबाट फेरि तल झर्यो, पौने दुई अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा आज पुनः दोहोरो अंकले गिरावट आउँदा नेप्से फेरि १९ सय अंकबाट तल झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ११.२७ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्से १८९६.६७ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २९० कम्पनीका ६० लाख १७ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५.८२ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि अपर साङ्गे हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ७७ लाख ६३ हजार ५ सय ८५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार नेप्से ४७.७५ अंकले उचालिंदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८.५२ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement