नेशनल लाईफले बाल अस्पताल बनाउन ७५ लाख दिने, पहिलो किस्ता २५ लाख हस्तान्तरण

Advertisement

काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडांै इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष रु.२५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउन सम्झौता भएको हो ।

Advertisement

उक्त सम्झौतामा कम्पनीको तर्फबाट सीईओ सुरेशप्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोईरालाले हस्ताक्षर गरेका छन् । सोही अवसरमा सीईओ खत्रीले पहिलो किस्ता रकम रु २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे । 

Advertisement