धर्मनिरपेक्षता बारे पार्टीमा छलफल गर्न देउवा तयार, संघीय गणतन्त्रबारे अझै पूरानै अडान

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धर्मनिरपेक्षता बारे आफ्नो पार्टीमा छलफल गर्न तयार भएका छन् । 

कांग्रेस नवलपुरको कार्यक्रममा उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि संघीय गणतन्त्रबारे छलफल गर्न नसकिने बताए । पछिल्लो समयमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा देशभर असनतुष्टि र आन्दोलन बढेपछि देउवा लचक भएका हुन् । गणतन्त्रको बारे भने देउवाले बार्गेनिङ गर्न खोजेको देखिन्छ । 

Advertisement

राजतन्त्र नफर्किने दावी गर्दै देउवाले भने, ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने सम्भावना छैन । केही दिनदेखि भइरहेको आन्दोलन र प्रदर्शनहरुबारे मौन बसेका उनले हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने गतिविधि हामीलाई मान्य छैन ।’ प्रदेशहरु देशको आर्थिक अवस्थाले धान्न नसक्ने भन्दै जनताले खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । 

मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले आफ्नो पार्टीका कार्यकर्तालाई निर्देशन पनि दिए । 

कांग्रेसका महामन्त्री गगन थापाले जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि परेको दावी गर्दै निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । 

Advertisement

Advertisement