सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ‘सलिको गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ । 

उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समूहका खेलहरु आयोजना गरिने छ । 

Advertisement

गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेलप्रति रुची राख्ने जो कोहीका लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको हो । 

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement