गौशाला क्षेत्र तनावग्रस्त, धर्मगुरु श्रीनिवाससहित एक दर्जन बढी पक्राउ, केही घाइते

Advertisement

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँ नेतृत्वमा भएको आन्दोलनका क्रममा सोमबार गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवाससहित एक दर्जन बढी पक्राउ परेका छन् । 

विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीको ठूलो बलले धकेल्दै सडक छेउमा पुर्याए पनि प्रसाइँ आउनासाथ प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीसँग मुठभेडको स्थिति बनको हो ।

Advertisement

प्रदर्शनकारीले ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन् भने प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी पनि घाइते भएका छन् । भागदौड मच्चिँदा सडकभरी चप्पलहरु देखिन्थे । त्यस क्रममा एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । 

श्रीनिवास त्रिशुल लिएर सडकमा निस्किएका थिए । पक्राउ पर्नेमा अछाम घर भएका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुरका भुवन परियार, नवलपरासीका यदुनाथ सिग्देल, राजु तामाङलगायत छन् । 

Advertisement

Advertisement