मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने मंगलबार अन्तिम दिन

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने १२ गते मंगलबार अन्तिम दिन हो । 

इच्छुक लगानीकर्ताहरुले मंगलबार बैंकिङ समयसम्म आईपीओ भर्न पाउने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ । 

Advertisement

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०-१० कित्ताका दरले पाउने छन् । 

कम्पनीले सेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

पहिलो चरणमा १ करोड ४० लाख रुपियाँ बराबरको १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

Advertisement

Advertisement