आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा  नेशनल लाईफ सम्मानित

Advertisement

काठमाडौं । यही मंसिर सात गते इण्डियन च्याम्वर अफ कमर्शले आयोजना गरेको चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।

कम्पनी भारतको मुम्वईमा आयोजित कार्यक्रममा ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्डबाट सम्मानित भएको थियो । 

Advertisement

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

कम्पनीका सहायक महा प्रबन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।
 

Advertisement

Advertisement