राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले इमेलबाट दिए राजीनामा

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् । 

उनले मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायलाई राजीनामा पत्र बुझाएका हुन् । बरालले व्यक्तिगत र घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि आफूलाई बरालले राजीनामा दिन लागेको बताएको जानकारी दिए । तत्कालिन अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माको पालामा सीईओ नियुक्त भएका उनलाई नियुक्त भएदेखि नै कम्पनी भित्रदेखि अर्थ मन्त्रालयसम्मको साथ र समर्थन हुन सकेको थिए । 

कम्पनीभित्र उनको पक्षमा कर्मचारी युनियनदेखि अन्य कर्मचारीसमेतको साथ र समर्थन नपाएपछि बराल निराश हुँदै आएका थिए । उनलाई पटक पटक कार्यालय प्रवेशमा अवरोध हुने गरेको थियो । कसैबाट पनि सहयोग नपाएपछि बरालले इमेलबाट राजीनामापत्र पठाएका हुन् ।  

बराल २०७९ भदौ २३ गते चार वर्षका लागि सीईओ नियुक्त भएका थिए । अर्को सीईओ नियुक्त नभएसम्म कम्पनी सञ्चालक समितिले सुवाश कोइरालाले निमित्त सीईओको जिम्मेवारी पाउने संभावना छ । 

Advertisement

Advertisement