टिकटक बन्द नगर्ने ५५ कम्पनीको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी (सूूचीसहित)

Advertisement

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द नगरेका ५५ कम्पनीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले इन्टरनेट (इमेल सहित) सेवा संचालनको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुको लागि मंगलबार सूचना जारी गर्दै २४ घण्टा भित्रै टिकटक बन्द नगरे लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो ।

Advertisement

नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो । 

यसअघि नै प्राधिकरणले सरकारको उक्त निर्णय कार्यान्वयन गर्न सेवा प्रदायकलाई निर्देशन दिए पनि बेवास्ता गरेपछि कारवाही प्रक्रिया अघि बढाउन लागेको हो ।

प्राधिकरणले कारवाहीको सूूचीमा राखेका ५५ कम्पनीको सूची:nullnull

undefinedundefined 

Advertisement