सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार ३ सयमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २० रुपियाँमा कारोबार भइरहेको छ । 
 

Advertisement

Advertisement