कालो सूचीमा परेको कम्पनीसँग जेभीमा रहेपनि अर्को फर्मले खाता सञ्चालन र कारोबार गर्न पाउने

Advertisement

काठमाडौं । कालो सूचीमा परेको फर्म वा कम्पनीसँग जेभीमा रहेपनि कालोसूचीमा नपरेको फर्मले निक्षेप खाता सञ्चालन र कर्जा कारोबार गर्न पाउने भएको छ । 

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नयाँ निर्देशन दिइएको कार्यकारी निर्देशक डा. गुणकर भट्टले जनाएका छन् । 

Advertisement

‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीलेसुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ । तर, जे.भी. मा आवद्ध कुनै फर्म/कम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जे.भी. मा आवद्ध अन्य फर्म/कम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन ।’, नयाँ निर्देशनमा उल्लेख छ । 

राष्ट्र बैंकको निर्देशनबमोजिम कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । ‘तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।’, नयाँ निर्देशनमा उल्लेख छ । 

undefinedundefinedundefined

Advertisement

Advertisement