शेयर बजारमा दोहोरो अंकको गिरावट, एक अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि निरन्तर घटिरहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.९३ अंकले घटेको हो । ०.९४ प्रतिशतले बजार बजार घट्दा नेप्से परिसूचक १८७६.६० अंकमा ओर्लिएको छ । 

Advertisement

आज २८५ कम्पनीका ३३ लाख ५९ हजार ६ सय १ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ३ सय ७५.०१ रुपियाँ बराबरको कारोबार भउको हो ।

समग्रमा बजार घटे पनि विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९.८८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले ९.९८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड २८ लाख ९७ हजार ३०.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

आज कारोबार शुरु हुन २४ मिनेट ढिलो भएपछि ३ः२४ बजेसम्म बजार सञ्चालन भएको थियो ।  

साताको पहिलो दिन आइतबार नेप्से ४७.७५ अंकले उचालिंदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८.५२ रुपियाँ, सोमबार ११.२७ अंकले बजार तल झर्दा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५्.८२ रुपियाँ र हिजो मंंगलबार २.१७ अंकले बजार घट्दा १ अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१.८६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement