तीन अर्ब ४३ करोडले बढ्यो जीवन बीमा व्यवसाय, आर्थिक मन्दीको असर न्यून

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक सम्ममा) जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

गत आर्थिक वर्षको समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । यसरी हेर्दा जीवन बीमाशुल्क करिब तीन अर्ब ४३ करोड रुपियाँले बढ्न पुगेको हो । 

Advertisement

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले कर्पोरेट नेपालसँग भने,‘जीवन बीमा भनेको १५, २० वर्षे अवधिकै लागि गरिन्छ । त्यसरी बीमा गर्दा बीमितहरुले नियमित रुपमा बीमाशुल्क बुझाउनु पर्छ । अहिले जीवन बीमाको बीमाशुल्कको सन्दर्भमा पनि नविकरण भएका बीमा शुल्कहरु नियमित रुपमा नै आएकाले जीवन बीमाशुल्क बढी देखिएको हो ।’

उनले जीवन बीमा कम्पनीहरुको कात्तिकसम्ममा नविकरण ७ प्रतिशतभन्दा बढी र कूल व्यवसाय करिब १० प्रतिशतले बढेको बताए ।  

चालु आर्थिक वर्षको सुरुवातदेखि कात्तिक महिनासम्ममा सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । उक्त कम्पनीले १३ अर्ब ४३ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै बीमाशुल्क एलआईसी नेपालले आर्जन गरेको छ । कम्पनीले पाँच अर्ब ५६ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको हो ।

तेस्रोमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी हिमालयन लाइफ रहेको छ । कम्पनीले पाँच अर्ब ३६ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

कुन कम्पनीको बीमाशुल्क कति ?

undefined

Advertisement