एक लाख १४ हजारलाई पर्ने नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा साढे १२ लाखको आवेदन

Advertisement

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि आज १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १२ लाख ५७ हजार ७५६ जनाको आवेदन परेको छ ।  

आईपीओ भर्ने अन्तिम दिन अन्तिम समयसम्म एक करोड ३६ लाख ४३ हजार ३् सय ९० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

Advertisement

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् । 

Advertisement

Advertisement