रवि लामिछानेले वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था परिवर्तन गर्ने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन् । 

पछिल्लो समयमा अहिलेको व्यवस्थाबाट देश र जनताको अवस्था परिवर्तन हुने भन्दै आन्दोलन र असन्तुष्टि बढ्दै गएको बेला लामिछानेले भने यही व्यवस्थाभित्र रहेर जनताको अवस्था परिवर्तन गर्ने बताएका हुन् । 

Advertisement

बुधवार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताए । 

लामिछानेले शासकीय स्वरुपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने बताए । उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरुले काम गर्ने पनि बताए । 

लामिछानेले भने, ‘नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपी शासकीय स्वरुपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

उनले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको पनि बताए । 

Advertisement

Advertisement