नेपालमा सेरेस मिनी ईभीको डेलिभरी सुरु

Advertisement

काठमाडौं । विद्युतीय सवारी कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । 

नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गरेको जनाएको छ । सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ । 

Advertisement

यो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट छ जसले यसलाई साँघुरा शहरी इलाकाहरूमा नेभिगेट गर्नको लागि एक आदर्श विकल्पको रूपमा उभ्याएको छ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध  छ ।
सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ । जसको मूल्य क्रमशः ४९,९९,०००/– र रु ५२,९९,०००/– बाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछ । लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम(१८० किमी फुल अप्सन, र टप ट्रिम–२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००/–, रु १६,४९,०००/– र रु १७,९९,०००/– रहेका छन्।

Advertisement

Advertisement