निफ्राको साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । लाभांश पारित गर्न नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले पुस १७ गते साधारणसभा डोकेको छ । 

कमपनी सञ्चालक समितिको हिजो बसेको बैठकले बत्तीसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ९ बजे सभा गर्ने निर्णय भएको कम्पनी सचिव इश्वरबन्धु गौतमले जनाएका छन् ।   

Advertisement

उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको  ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै साधारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक चयन गरिने छ । 

साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव गौतमले उल्लेख गरेका छन् । 

Advertisement