आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा सम्झौता

Advertisement

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता पश्चात कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगदरहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । 

Advertisement

Advertisement