कर्जाको ब्याजदर अझै घट्छः अध्यक्ष केसी

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताउका छन् ।  

शुक्रवार सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे । 

Advertisement

उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे । अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए । 

उनले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताए । गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताए ।  दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे । पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गरे । 

उनले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताए । देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि उनको भनाई थियो ।  

 

Advertisement

Advertisement