फिलिपिन्समा गए राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Advertisement

काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा गए राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ । स्थानीय अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरे पनि जनधनको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन् । भूकम्पपछि मानिसहरु सडक र खुल्ला ठाउँमा निस्किएका थिए । 

Advertisement

फिलिपिन्स बढी भूकम्प जाने क्षेत्रमा पर्दछ । एजेन्सीहरु

Advertisement

Advertisement