नेशनल लाईफद्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मानित

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मानित भएकाछन् ।

कम्पनीका सीईओ सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मानित भएका हुन् ।

Advertisement

उक्त अवसरमा सीईओ खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने बताए । 

कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई गिफ्ट भौचर र अवार्ड प्रदान गरिएको हो । 

साथै कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।  

उक्त अवसरमा सीईओ खत्रीसहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ६०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले सहभागिता जनाएका थिए ।
 

Advertisement

Advertisement