दुर्गा प्रसाइँको पक्षमा प्रचार गर्ने थप १८ वटा युट्युव च्यानलहरुलाई बन्द गर्न सिफारिस

Advertisement

काठमाडौँ । प्रेस काउन्सिलले अभियान्ता दुर्गा प्रसाइँको पक्षमा प्रचार गर्ने १८ वटा युट्युव च्यानललाई कारवाही गर्न प्रहरीलाई सिफारिस गरेको छ । 

दर्ता तथा सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युव च्यानललाई कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई सिफारिश गरिएको हो ।

Advertisement

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलको भनाई छ । 

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न ब्युरोमा पत्राचार गरिएको भन्दै काउन्सिलले मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको बताएको छ । 

असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । 

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ । यस कारवाहीपछि अभियान्ता प्रसाइँ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतप्रति आक्रोसित भई आलोचना गर्दै आएका छन् । 

Advertisement

Advertisement