तारागाउँ रिजेन्सी होटल्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विक्रम थापाले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लागाभा आगामी २७औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।  

Advertisement

Advertisement