नेप्से ३.४२ अंकले तल ओर्लियो, एक अर्ब १९ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.४२ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४७.८१ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २ सय ८७ कित्ता शेयर किनबेच हूँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४.६९ रुपियाँ बराबरको कारोबार भयो । 

समग्रमा बजार घटे पनि समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०६ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ र ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ४६ लाख ३१ हजार ७ सय २३.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताकोपहिलो दिन हिजो आइतबार ७.२९ प्रतिशतले बजार घट्दा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 

Advertisement

Advertisement