नेको इन्स्योरेन्सले लाभांश प्रस्ताव नगर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव नगर्ने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् । 

Advertisement

अघिल्लो वर्ष १५ प्रतिशत बोनस दिएको कम्पनीले गतवर्षको नाफा भने सञ्चित गर्ने भएको हो । 

सञ्चालक समितिको प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनी सचिव धितालले उल्लेख गरे ।  

Advertisement