कम्युनिष्टसँग गठबन्धन गर्दा कांग्रेस सिद्धिन्छः शेखर कोइराला

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन् । यसरी कम्युनिष्टसँग गठवन्धन गर्दा कांग्रेस सिद्धिने उनको भनाई छ । 

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा कोइरालाले गठबन्धन गर्दा प्रजातान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताउँदै कम्युनिष्ट पार्टीहरुसँग काँग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए । कांग्रेसले जननेताको रुपमा सम्मान गर्दै आएका विपी कोइरालाले पनि कम्युनिष्टसँग सहकार्य गर्न नहुने बताएका थिए । 

Advertisement

देश परिवर्तन गर्नु छ भने काँग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको शेखर कोइरालको भनाई छ । उनले गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताए । 

कोइराराले भने, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ? यो गम्भीर विषय छ । यो विषयलाई नेपाली काँग्रेसले गम्भीरताका साथ लिएको छ ।’ 

उनले थपे, ‘नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकाले डेमोक्रेटिक पार्टीहरुसँग मात्रै गठबन्धन गरेर अघि जानसक्छाँै । कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ । यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली काँग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हाँै । पपुलिजममा हामी धेरै गइरहेको देख्छु म । सामाजिक सञ्जालहरुमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोकरिझाईंमा बढी गइरहेका छौँ ।’

Advertisement