नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ आज बिहान बाँडफाट गरिएको हो । 

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाएका छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://www.himalayancapital.com/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट  https://www.nwcl.com.np/ ​ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७ सय ५६ जनाले एक करोड ३६ लाख ४३ हजार ३् सय ९० कित्ताको लागि आवेदन दिएका छन् ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । 

undefined

Advertisement

Advertisement