आईआईएमएस कलेजले शनिबार दीक्षान्त समारोह गर्दै, एक हजारभन्दा बढी सहभागी हुने

Advertisement

काठमाडौं । राजधानीको कमलपोखरीस्थित आईआईएमएस कलेजले यही आउँदो शनिबार दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । कार्यक्रममा बिएससी र बिएचएमका अध्ययन पूरा गरेका विद्यार्थीहरु दीक्षित हुनेछन् । 

पछिल्लो समय सफल र चर्चामा रहने गरेको यस कलेजले दीक्षान्त समारोहमा विभिन्न संकायका गरेर पाँच सयभन्दा बढी विद्यार्थीहरु दीक्षित हुने र  अभिभावकहरुसमेत गरेर एक हजारभन्दा बढी सहभागी हुने कलेज प्रशासनले जनाएको छ । 

Advertisement

शनिबार बिहान १० बजेबाट सुरु हुने दीक्षान्त समारोह करिब एक बजेसम्म (तीन घण्टा) होटल मेरियटमा गर्न लागिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो (टोकन अफ लभ) दिने कलेजले जनाएको छ । ।

आईआईएमएस कलेजका दीक्षान्त कार्यक्रम संयोजक तथा ग्रोथ एण्ड डेभलपमेण्ट सर्भिसेस डाईरेक्टर बृहत सिंह बोसवाले भने, ‘यसअघि पनि हामीले विद्यार्थीहरुलाई दीक्षित गर्दै आएका हौं । यसरी दीक्षित गर्दैगर्दा विद्यार्थीहरुले आफूले कलेजबाट हाँसिल गरेका अनुभवहरु आफ्ना साथी, शिक्षक र अभिभावकहरुमाझ सुनाउने छन् । कलेजबाट सिकेको ज्ञान, सीप आफ्नो जीवनभर उपयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

मलेसियन विश्वविद्यालय यूसीएसआईबाट संचालित आईआईएमएस केलजको दीक्षान्त कार्यक्रममा उक्त विश्वविद्यालयका भाईस चान्सलर (भिसी) मुकभिन्दर सन्धु ुहभागी हुनेछन् । त्यस्तै, विश्वविद्यालयका रिर्सच हेड तथा हस्पिटालिटी टुरिजम डिपार्टमेन्ट हेड डा. इडा इनक इन्गो, वरिष्ठ व्यवस्थापक रोनाल्ड छान छिच छेन र लोई मिनलगायत पनि सहभागी हुने कलेजको भनाई छ । 

Advertisement