नवराज विकसहित ६ जनाको हत्या प्रकरणः २३ जनालाई जन्मकैदको फैसला

Advertisement

काठमाडौं । साढे तीन वर्षअघि चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको छ । 

उक्त घट्नामा नवराज विकसहित ६ जनाको निर्ममतापूर्वक हत्या भएको थियो । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा लागि थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । 

Advertisement

जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्द कोइरालाका अनुसार दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत छन् । यसअघि धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । 

साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति अझै पनि फरार छन् ।

नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा दुई–दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला गरिएको छ । अदालतले दोषी ठहर गरेकाहरुमाथि ६ जनाको हत्या गरेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप लागेको थियो ।

Advertisement

Advertisement