नेपालका नेताहरु सम्पूर्ण परिवारसहित एनसेलको पैसामा घुमेका छन्ः स्वर्णिम वाग्ले

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद डा. स्वर्णिम वाग्लेले नेपालका नेताहरु परिवारसहित एनसेलको पैसामा विदेश घुम्ने गरेको बताएका छन् । 

एनसेलको शेयर खरीद–बिक्री प्रकरणबारे संसदको सार्वजनिक लेखा समितिमा बुधबार बसेको बैठकमा बोल्दै उनले यसबारेमा आजियटा लिमिटेडका सीईओलाई नै यस समितिले पत्र काट्नुपर्ने बताए । 

Advertisement

वाग्लेले आजियटाका ग्रुप सीईओ विवेक सुदले विज्ञप्ति जारी गर्दै नेपालको अर्थ–राजनीतिलाई संकेत गर्दै र बढ्दो चुनौतिको हवाला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता सिर्जना भएको बताएकाले यसबारेमा उनलाई नै बोलाएर कुरा गर्नुपर्ने तर्क गरे । 

सुदको विज्ञप्तिमा लगाइएका आरोपलाई टुंगोमा पुर्याइएन भने नेपाल राष्ट्रकै छवीमा क्षति पुर्याउनसक्ने वाग्लेको भनाई छ । उनले नेपाललाई प्रगतिमा लानुपर्ने, रोजगारी बढाउन पनि विदेशी लगानी भित्राउनुपर्ने, स्वदेशी लगानीको माहौल बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै वाग्लेले आउँदो वैशाखमा अर्थ मन्त्रालयले गर्ने भनेको लगानी सम्मेलनको औचित्यतामाथि नै यस प्रकरणले प्रश्न जन्माएको बताए ।  

आफूहरुले केटाकेटी हुँदा नै बाल्मिकीय रामायणहरुका काण्डहरुबारे पढेकोमा अहिले नेपालमा एकपछि अर्को भ्रष्टाचारका रामायण काण्डहरु पर्दापर्ण भइरहेको बताउँदै उनले त्यसको पछिल्लो संस्करण एनसेल काण्ड भएको बताए । 

Advertisement

Advertisement