कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यापार एक अर्ब ३८ करोडले घट्यो, पहिलोमा सलिको

Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७३ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड रुपियाँ आर्जन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय एक अर्ब ३८ करोड रुपियाँले घटेको हो । 

Advertisement

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको)ले आर्जन गरेको छ । उक्त कम्पनीले एक अर्ब ६० करोड रुपियाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । 

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ३३ करोड रुपियाँ आर्जन गरेको छ भने तेस्रोमा शिखर इन्स्योरेन्सले एक अर्ब २७ करोड रुपियाँ आर्जन गर्न सफल भएको छ । 

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय महिनावारी करिब ९ प्रतिशत र कातिकसम्म करिब पाँच प्रतिशतले घटेको बताए । यसरी व्यवसाय घट्नुको कारण कम्पनीहरुको पूराना व्यवसाय नदोहोरिएकोले र नयाँ व्यवसाय कम भित्रिएकोले हो भन्दै उनले यसमा आर्थिक मन्दीको असरले पनि काम गरेको बताए । 

आर्थिक स्थिति विषम हुँदा देशका भौतिक पूर्वाधार र अन्य नयाँ संरचनाहरुको बीमामा आकर्षण कम देखिएको बोरोराले बताए । यसमा बीमा कम्पनीहरुले नयाँ रणनीति ल्याएर बढ्दो जोखिमलाई बीमामा समावेश गर्न आवश्यक रहेको उनले बताए । 

कस्को कति भयो व्यवसाय ? 

undefined

Advertisement