प्राइम कमर्सियल बैंक कर्मचारी संघको अध्यक्षमा पोखरेल निर्वाचित

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अवसरमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरे ।  

Advertisement

अधिवेशनबाट संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि संघमा आवद्ध बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । केन्द्रीय समितिमा उपाध्यक्ष धनबहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत र कोषाध्यक्ष राजेश मानन्धर चयन भएका छन् । 

त्यस्तै केन्द्रीय सदस्य दामोदर ढुङ्गाना, बिवेक दली, मिलनविक्रम बस्नेत, राजेश दाहाल, रेवन्तराज नेपाल, स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन निर्विरोध निर्वाचित भएका छन् । 


 

Advertisement