लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंक वार्षिक साधारण सभा डाकेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले १४औं वार्षिक साधारण सभा पुस १४ गते गर्ने निर्णय गरेको हो । 

Advertisement

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्तावन गरेको ९.५० प्रतिशत बोनस शेयर र प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि मंसिर २८ देखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको सीईओ तुलसीप्रसाद वस्तीले जनाएका छन् ।


 

Advertisement

Advertisement