ठमेल क्षेत्रमा भोलिसम्म ११२ वटा सीसीटीभी क्यामेरा जडान गरिने, बजार २४ घण्टै खोल्ने तयारी

Advertisement

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र भोलि (बिहीबार)सम्म ११२ वटा सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । क्यामरा जडानसँगै ठमेल बजार चौबिसै घण्टा खुल्ला गर्ने तयारी पनि गरिएको छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माका अनुसार भोलिसम्ममा ठमेलभित्र सबै ठाउँमा सीसीटीभी क्यामरा जडान भइसक्ने भन्दै अहिले जडानको काम भइरहेको बताए । 

Advertisement

अब ठेमलमा आउने पर्यटकहरुलाई २४ घण्टा ठमेल खोल्नेगरी आफूहरुले तयारी गरेको उनले बताए । शर्माले ठमेलभित्र व्यवसाय गर्न चाहानेले खोल्न आग्रह गर्दै खोल्न नचाहानेले बन्द गर्न पाइने बताए । 

उनले भने, ‘अब ठमेलभित्र बेलुका ७ बजेदेखि बिहानको ७ बजेसम्म पहिला ‘फ्रि–भेहिकल जोन’ (गाडी निषेधित क्षेत्र) गरिने छ । त्यसपछि समय अवधि बढाउँदै लैजाने तयारी पनि भइरहेको छ । सडक बत्ति जडानको काम पनि भइरहेको छ । सडक बत्ति चाहिँ अझ एक हप्ता जति लाग्छ होला ।’

Advertisement