डिशहोमको प्रवर्द्धन योजनाका विजेता प्रताप सिंह थापालाई रु. एक लाख पुरस्कार

Advertisement

काठमाडौं । डिशहोमको प्रवर्द्धन योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा सहभागी भई बिजेता बनेका बैतडीका प्रताप सिंह थापाले रु. एक लाख पुरस्कार जित्न सफल भएका छन् । 

थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कका वरिष्ठ बिक्री अधिकृत कमल रिमाल र लक्ष्मीराज जाशीले उक्त रकमको चेक हस्तान्तरण गरे । डिशहोमका स्थानीय डिलर ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौमा कार्यक्रम गरी थापालाई चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजवबहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतको सहभागिता रहेको जनाइएको छ । 

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने जनाएको छ ।  

Advertisement

Advertisement