ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

Advertisement

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । 

सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् । 

Advertisement

उनी बैंकको कामु सीईओका रुपमा कार्यरत थिए । सीईओ श्रीचन्द्र भट्ट समय अगावै बैंकबाट बाहिरिएपछि सीईओ पद खाली भएको थियो । 

Advertisement