प्रतिस्पर्धाबाटै एनसेलको शेयर खरिद गरेको सतिशलालको दावी

Advertisement

काठमाडौं । प्रतिस्पर्धाबाटै एनसेलको शेयर खरिद गरेको लगानीकर्ता सतिशलाल आचार्यले बताएका छन् । बिहिबार विज्ञप्ति जारी गर्दै आचार्यले आफूले ठूलो प्रतिस्पर्धाबाट शेयर खरिद गरेको दाबी गरेका हुन् । 

विज्ञप्तिमार्फत स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयरधनी आचार्यले भने, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो ।’  

Advertisement

सहमति भएको सम्झौता ढाँचा अनुसार, ‘आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२२ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहतर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ ।’

एनसेलले सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको दाबी गरेको  छ ।  यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वितिय अभ्यास पालना गर्ने कम्पनी कम्पनीको भनाई छ । यसका लागि आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको कम्पनीले जनाएको छ।

एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने बताइएको छ ।  

लाखौं नेपालीहरुको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार छ। मोवाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरु प्रदान गर्न हामी हाम्रो नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने कम्पनीको भनाई छ ।  

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलमाथी विभिन्न टिकाटिप्पणी भैरहेको छ । बुधबार मात्रै संसदको सार्वजनिक लेखा समितिले कम्पनीको खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ ।

undefined

Advertisement