नबिल बैंकको ३ अर्ब रुपियाँको ऋणपत्र मंसिर २९ गतेदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । पुस ३ गतेसम्म पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म निष्काशन खुला रहनेछ ।

Advertisement

बैंकले १८ लाख इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । 

सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । 

बैंकले ७ वर्ष अवधिको ‘९प्रतिशत नबिल डिबेन्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । 

Advertisement

Advertisement