क्यानका युनियनद्वारा कर्मचारी उचालेर धर्ना र विरोध नगराउन निगम व्यवस्थापनलाई चेतावनी

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा क्रियाशील कर्मचारी युनियनहरुले आफ्ना कर्मचारी उचालेर आन्दोलन नगर्न नेपाल वायुसेवा निगमको व्यवस्थापनलाई चेतावनी दिएका छन् । 

अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिने ‘ग्राउण्ड ह्यान्डलिङ’ सेवाको विषयमा कर्मचारीलाई उचालेर अनावश्यक धर्ना तथा विरोध कार्यक्रम गरेको भन्दै उनीहरुले त्यस्तो नगर्न चेतावनी दिएका हुन् । 

Advertisement

कर्मचारी युनियनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको हवाई सुरक्षा संवेदनशीलतामा आँच आउने वातावरण निर्माण गरी अन्तर्राष्ट्रिय बदनामी हुने काम नगर्न र नगराउन हामी वायुसेवा निगमको व्यवस्थापनलाई सचेत गराउँछौं ।’

Advertisement

Advertisement