हामीलाई किन लाइसेन्स दिइएन् ? बल्ल पटाक्षेप हुँदैछः निर्वाण चौधरी

Advertisement

काठमाडौं । चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले भ्वाइस र एसएमएस निःशुल्क, डाटा ५० प्रतिशत सस्तोमा दिन्छु भन्दा चौधरी ग्रुपलाई दूरसञ्चार सेवाको लाइसेन्स नदिएको कुराको पटाक्षण अहिले भएको टिप्पणी गरेका छन् । 

एनसेल प्रकरण तातेको बेला सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको बताएका छन् । चौधरी लेख्छन्, ‘सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो ?’ 

Advertisement

चौधरीले एनसेल काण्डमा नेपालको टेलिकम क्षेत्रलाई स्थापित गर्न नदिने पात्रहरु रहेको दावी गरेका छन् । उनी थप लेख्छन्, ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’ 

Advertisement

Advertisement