क्यानले आज पुनः हवाई अडिट गर्दै

Advertisement

काठमाडौं । हिजो स्थगित भएको हवाई अडिटका लागि आज फेरि नेपाल नगरिक उड्‍डयन प्राधिकरण (क्यान) को टोली नेपाल वायु सेवा निगम जाने भएको छ ।

प्राधिकरणका अनुसार निगमका कर्मचारीले काम रोकेर प्रदर्शन गरेपछि हिजो (बुधबार) अडिट स्थगित गर्नुपरेको थियो । प्राधिकरणका कर्मचारी कामै नगरी फर्किएका थियो ।

Advertisement

युरोपियन युनियनले निगमले उडान सुरक्षामा लापरवाही गर्दै आएको प्रतिवेदन सार्वजनिक गरेपछि प्राधिकरणले हवाई अडिट गर्न लागेको हो ।

Advertisement