सानिमा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

Advertisement

काठमाडौं । सानिमा बैंकको १९औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

Advertisement

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । 

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा एटिएम संचालनमा रहेका छन् । 
 

Advertisement