माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटिजले शुरु गर्यो सेवा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड उद्घाटन भएको छ । उक्त कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले उद्घाटन गरेका हुन् । 

काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी कम्पनीले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । 

Advertisement

कार्यक्रममा सेबोनका अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारको लागी माछापुच्छ्रे सेक्युरिटिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रम बैंकका पूर्वअध्यक्ष एवम् गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको सेक्युरिटिजले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शी र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिजले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिजका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिटका पदाधिकारीहरु, सीईओ र उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती थियो।

Advertisement

Advertisement