चौध किलो सुन तस्करीको छानबिन गर्न भन्सार विभागद्वारा ६ सदस्यीय समिति गठन

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो । 

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताए । 

उनले गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखिएको बताए । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए । 

null

विमानस्थल भन्सार प्रमुख पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको बताए । चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका अर्का मिनबहादुर घलेलाई समेत पक्राउ गरिएको बताए । विशेष सुराकिको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरुमा निगरानीमा रहेको बताए । 

undefined

दश किलोसम्म सुन बरामद हुनसक्ने सुराकीको आधारमा भन्सार विभाग परिचालित भएको बताए । उनले पक्राउ पर्नेहरुको प्रारम्भिक बयानमा सुन नै हो भन्ने रहेको बताए । सुन सजिलै बाहिर ल्याउन सक्ने सम्भावना नभए पनि भन्सारको सुक्ष्म निगरानीका कारण भन्सार विभागले विमानबाट नै नियन्त्रणमा लिन सफल भएको बताए ।    

 

Advertisement