उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेष्ट गर्दै

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । मञ्चले आज शुक्रबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हो । 

उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंकको मुख्य प्रायोजनमा स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो । 

Advertisement

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रबर्द्धन एवं नीतिगत बहस चलाउन स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको मञ्चको भनाई छ । 

स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको बताउँदै मञ्चले नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिने बताएको छ । 

यस मेलामार्फत नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिने मञ्चका अध्यक्ष अनुराज गोयलले बताए । उनले स्टार्टअप प्रवर्द्धनमा विदेशमा भईरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न स्तरमा छलफल हुने बताए । 

परिसंघका अध्यक्ष राजेश अग्रवालले स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने र मेक इन नेपाल स्वदेशी अभियानको प्रवद्र्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागेको बताए । 

उनले अहिले युवाहरु निराश रहेको भन्दै युवाहरुको फेस्टिभको रुपमा स्टार्टअपहरुको लागि स्टार्टअप फेस्ट गर्न लागेको बताए । अग्रवालले नेपालमा पनि केही लगानी गर्न सकिन्छ र नेपालमा नै केही गरौं भन्ने युवाहरुलाई सन्देश दिनको लागि मेला आयोजना गर्न लागिएको बताए । 

उनले मुलुकको आर्थिक अवस्था सिथिल भएकाले युवाहरुलाई जागरुप बनाउने सहि समय भएको बताए । अग्रवालले युवाहरुलाई उद्यमसँग जोडेर उद्यमी बनाउने उदेश्यले परिसंघले यस्तो आयोजना गरिएको बताए । उनले स्टार्टअप फेष्टले अर्थतन्त्र चलायमान बनाउनको लागि पनि सहयोग पुग्ने बताए । 

स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौति लगानीको रहँदै आएकाले नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । मेलामा नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिनेछ । 

स्टार्टअप फेष्टमा २५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रश्तुतीकरणको अवसर प्रदान गरिनेछ । फेस्टमा २४ करोड ५० लाख रुपियाँ बराबरको लगानी जुटाउन पनि सफल भएको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement