हिमाल आरोहणको लागि एक हजार ३२९ जनाले लिए अनुमति, सबैभन्दा बढी अमा दब्लममा

Advertisement

काठमाडौं । शरद ऋतुका लागि एक हजार ३२९ जना आरोहीले हिमाल आरोहण अनुमति लिएका छन् । उनीहरुले ५२ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस वर्षको शरद ऋतुका लागि सबैभन्दा बढी आरोहण अनुमति लिएको हिमाल अमा दब्लम हो । साथै गत बर्षको तुलनामा हिमलुङ हिमालको लागि पनि यस वर्ष राम्रो संख्यामा आरोहण अनुमति लिएको उनले बताए । 

Advertisement

आज (शुक्रबार) पर्यटन विभागमा आगामी वसन्त ऋतुमा कसरी खुम्बु क्षेत्र लगायत अन्य हिमाल आरोहण क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको गुरुङले बताए । उक्त छलफलमा पर्यटन विभाग, खुम्बु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाली सेना, पर्यटन मन्त्रालय र एजेन्सीका केही प्रतिनिधि सहभागी रहेको उनले बताए । 

कुल ५२ वटा हिमालको लागि एक हजार ३२९ जना आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये एक हजार ६९ जना पुरुष र २६० जना महिला रहेका छन् । आरोहीहरुबाट सरकारले सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । 

अमा दब्लम (६,८१४ मिटर) आरोहण गर्न ४९२ जनाले अनुमति लिएका छन् । मनास्लुको लागि ३०१ जनाले अनुमति लिएका छन् भने हिमलुङको लागि १२५ जनाले अनुमति लिएका छन् । 

यस्तो छ आरोहण अनुमतिको विवरणः

null

Advertisement